अमेरिकाले सम्झौताका लागि युक्रेनमाथि मात्रै दबाब दियो : जेलेन्स्की

अमेरिकाले सम्झौताका लागि युक्रेनमाथि मात्रै दबाब दियो : जेलेन्स्की



वासिङ्टन डीसी । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यस्थतामा रुससँग हुन लागेको शान्ति वार्ताप्रति आशा व्यक्त गरेका छन् ।

यद्यपि, अमेरिकाले बारम्बार सम्झौता गर्न दबाब युक्रेनलाई मात्रै दिइएको गुनासो पनि उनले गरेका छन् ।

म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा उनले आगामी हप्ता जेनेभामा हुने त्रिपक्षीय वार्ता गम्भीर र सार्थक हुने अपेक्षा रहेको बताएका छन् । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण स्तरमा आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्न अमेरिका निकै पहल गरिरहेको छ ।

यसअघि अबुधावीमा भएका दुई चरणका वार्तालाई सबै पक्षले सकारात्मक भने पनि ठोस प्रगति हुन सकेन । धेरैम्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा उनले आगामी हप्ता जेनेभामा हुने त्रिपक्षीय वार्ता गम्भीर र सार्थक हुने अपेक्षा रहेको बताएका छन् ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण स्तरमा आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्न अमेरिका निकै पहल गरिरहेको छ ।

सम्झौताका कुरा उठाउँदा अमेरिकी पक्षले यसलाई युक्रेनको सन्दर्भमा मात्रै केन्द्रित हुने गरेको टिप्पणी जेलेन्स्कीले गरे ।

स्थायी शान्तिका लागि स्पष्ट सुरक्षा ग्यारेन्टी अत्यावश्यक भएको नत्र युद्ध पुनः फर्किन सक्ने जोखिम रहेको पनि उनले बताए ।

उनले युरोपेली देशहरूलाई पनि वार्ताको टेबलमा सहभागी गराउनुपर्ने धारणा राख्दै युरोपको अनुपस्थितिलाई ठुलो गल्ती भने ।