अफ्रिकी देशहरुले कठिन चुनौतीहरु सामना गरिरहेको छ : राष्ट्रसंघका महासचिव गुटरेस

अफ्रिकी देशहरुले कठिन चुनौतीहरु सामना गरिरहेको छ : राष्ट्रसंघका महासचिव गुटरेस



काठमाडौं । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकाले विश्वका केही ‘सबैभन्दा कठिन चुनौतीहरू’ दृढता, सिर्जनशीलता र लचिलोपनका साथ सामना गरिरहेको बताएका छन् ।

इथियोपियाको राजधानी अदिस अबाबामा अफ्रिकी युनियन (एयू) को मुख्यालयमा आयोजित ३९औँ शिखर सम्मेलनको अवसरमा सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै महासचिव गुटरेसले विकासका चुनौतीहरू समाधान गर्न अफ्रिकी राष्ट्रहरूले गरिरहेका निरन्तर प्रयासहरूको उच्च कदर गरे ।

महासचिव गुटेरेसले अफ्रिकाले शीतयुद्धपछिको सबैभन्दा ध्रुवीकृत, अनपेक्षित र अस्थिर अन्तर्राष्ट्रिय वातावरणमा वास्तविक समस्याहरू समाधान गर्न ठोस र व्यावहारिक कार्य गरिरहेको बताए ।

उनले अफ्रिकामा विश्वका केही तीब्र गतिमा विस्तार भइरहेका अर्थतन्त्रहरू रहेपनि ऋणको भार र उच्च ब्याजदरका कारण शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता क्षेत्रमा प्रगति हुन नसकेको उल्लेख गरे ।

उनले वर्तमान अन्तर्राष्ट्रिय वित्तीय संरचना धनी राष्ट्रहरूको हितका लागि निर्माण गरिएको र यसले विकासशील अर्थतन्त्रहरूलाई सहयोग गर्न असफल भएको बताए ।