बंगलादेशका प्रधानमन्त्रीले दिए नेपाल सरकार र नेपाली जनतालाई बधाई

बंगलादेशका प्रधानमन्त्रीले दिए नेपाल सरकार र नेपाली जनतालाई बधाई



काठमाडौं । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले यही फागुन २१ गते शान्तिपूर्ण रूपमा संसदीय निर्वाचन सम्पन्न भएकामा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन् ।

मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट गर्दै उनले यो निर्वाचनले नेपाली जनताको आकांक्षा र लचिलोपनका साथै लोकतान्त्रिक संस्थाको शक्तिलाई प्रतिविम्बित गरेको बताएका छन् ।

“५ मार्च २०२६ मा सम्पन्न सफल र शान्तिपूर्ण संसदीय निर्वाचनका निम्ति नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई छ,” उनले लेखेका छन् ।

उनले यो मतदानलाई एक महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा चित्रण गरेका छन् । यसले लोकतन्त्रप्रति जनताको प्रतिबद्धता प्रदर्शन गरेको उनले टिप्पणी गरेका छन् ।

उनले दुई देशबीचको लामो समयदेखिको मित्रता र सहयोगलाई थप सुदृढ बनाउन नेपालको नयाँ सरकार र जनतासँग मिलेर काम गर्न चाहेको पनि बताएका छन् ।