काठमाडौं । मध्यपूर्वमा चलिरहेको युद्धको प्रभावले अपगानिस्तानमा घर फिर्तीको ठूलो लहर चलेको छ ।
युद्धका कारण अफगानिस्तानका झन्डै दुई लाख ७० हजार नागरिक पाकिस्तान र इरानबाट आफ्नो देश फर्किएका संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
१० हजार इरानबाट र एक लाख ३० हजार पाकिस्तानबाट फर्किएका हुन् ।
गएको फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले ड्रोन र मिसाइलमार्फत प्रतिक्रिया दिएको थियो ।
त्यसपछिका दिनहरूमा दैनिक झन्डै एक एक हजार सात अफगान नागरिक इरानबाट फर्किरहेका खबरमा उल्लेख छ ।
राष्ट्रसङ्घको शरणार्थी एजेन्सीका प्रतिनिधिका अनुसार अफगानिस्तानले इरानसँग सम्बन्धित घटनाहरूको परिणाम भोगिरहेको छ भने पाकिस्तानसँगको सीमामा पनि झडपहरू भएका चेतावनी दिएका छन् ।
पछिल्ला दुई वर्षमा पाँच लाखभन्दा धेरै अफगान नागरिक छिमेकी देशबाट फर्किसकेका छन् जसमा गएको वर्ष एक लाख ९० हजार इरानबाट फर्किएका थिए ।


प्रतिक्रिया