काठमाडौं । भारतकाे सर्वोच्च अदालतले बुधबार एउटा ठूलो फैसला सुनाउँदै पहिलोपटक इच्छामृत्यु (स्वैच्छिक मृत्यु) लाई अनुमति दिएको छ । बार एण्ड बेन्च र समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले १२ वर्षभन्दा बढी समयदेखि कोमामा रहेका ३२ वर्षीय पुरुषको जीवन हटाउन अनुमति दिएको हो ।
न्यायाधीश जेबी पार्डीवाला र केभी विश्वनाथनको इजलासले लामो समयदेखि बहस भइरहेको मुद्दामा आफ्नो फैसला सुनाएका हुन् । सर्वोच्च अदालतले केन्द्र सरकारलाई निष्क्रिय इच्छामृत्युको बारेमा कानुन बनाउनेबारे विचार गर्न पनि भनेकाे छ ।
अदालतले एम्स दिल्लीलाई सम्पूर्ण प्रक्रियामा बिरामीको मर्यादा र सम्मान कायम राख्न र इच्छामृत्युका लागि विशेष योजना तयार गर्न पनि निर्देशन दिएकाे छ ।
यदि कुनै बिरामी वर्षौंदेखि ओछ्यानमा छ, कोमामा छ, उसको निको हुने सम्भावना पूर्ण रूपमा गुमेको छ र ऊ जीवन समर्थन प्रणालीमा मात्र जीवित छ भने उसको जीवन समर्थन प्रणाली हटाउन निष्क्रिय इच्छामृत्युको अनुमति दिने चलन छ ।


प्रतिक्रिया