इजरायलको प्रहरी मुख्यालय र स्याटेलाइट सञ्चार केन्द्रमा आक्रमण

इजरायलको प्रहरी मुख्यालय र स्याटेलाइट सञ्चार केन्द्रमा आक्रमण



तेहरान । इरानको सेनाले आइतबार बिहान ड्रोनमार्फत इजरायलका महत्त्वपूर्ण सुरक्षा संरचनामाथि आक्रमण गरेको दाबी गरेको छ ।

इरानी सेनाले एक वक्तव्य जारी गर्दै शक्तिशाली ड्रोन आक्रमणमा इजरायलको विशेष प्रहरी इकाइ लाहाभ ४३३ को मुख्यालय र रक्षा स्याटेलाइट सञ्चार केन्द्र गिलाट उपग्रह सञ्चार केन्द्रलाई निशाना बनाइएको बताएको छ ।

इरानी सेनाले ती स्थानमा आक्रमण गरिएको पुष्टि गरे पनि लक्षित स्थलहरू कुन सहरमा छन् भन्ने स्पष्ट पारेको छैन । साथै, आक्रमणबाट कति क्षति भयो भन्नेबारे पनि विस्तृत विवरण सार्वजनिक नगरिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।