काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १३ जना प्यालेस्टिनीको मृत्यु भएको छ । मृतकमध्ये दुई बालक, एक गर्भवती महिला र ९ जना प्रहरी रहेको अल जजिराले जनाइएको छ ।
स्थानीय स्वास्थ्य स्रोतका अनुसार आइतबार नुसेरात शरणार्थी शिविरमा रहेको घरमा गरिएको आक्रमणमा ४ जनाको ज्यान गएको थियो ।
मृत्यु हुनेमा ३० वर्ष आसपासका दम्पती, उनीहरूको १० वर्षीय छोरा तथा १५ वर्षीय छिमेकी किशोर रहेका छन् ।
अस्पतालका अनुसार मृतक महिला जुम्ल्याहा सन्तानसहित गर्भवती थिइन् ।
यसैबीच फिलाडेल्फी करिडोरनजिक प्रहरीको गाडीमा भएको अर्को आक्रमणमा ९ प्रहरीको मृत्यु भएको गाजाको आन्तरिक मन्त्रालयले जनाएको छ । मृतकमध्ये गाजाका वरिष्ठ प्रहरी अधिकारी कर्नेल इयाद अब युसुफ पनि रहेका छन् । घटनामा कम्तीमा १४ जना घाइते भएका छन् ।
घटनाबारे इजरायल रक्षा बलले कुनै प्रतिक्रिया दिएको छैन ।यसैबीच, इजरायलले रफाह क्रसिङलाई आंशिक रूपमा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । १८ मार्चदेखि यात्रु आवतजावत सीमित रूपमा खुला गरिने भए पनि मालसामान ढुवानी भने अनुमति नदिइने बताइएको छ ।


प्रतिक्रिया