काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको दाबी गरेका छन् ।
तेहरानमा रातभर भएको रातभर भएको आक्रमणमा इरानका गुप्तचर मन्त्री खातिब र मन्त्रालयका वरिष्ठ अधिकारीहरू मारिएको उनले दाबी गरेका छन् । यद्यपि, इरानबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन ।
‘हिजो राति इरानका गुप्तचर मन्त्री खातिबलाई पनि हटाइयो,’ काट्जले एक विज्ञप्तिमा भने । यद्यपि, इजरायली मिडियाले रक्षा मन्त्रालयका स्रोतहरूलाई उद्दृत गर्दै इस्माइल खातिब निशाना भएको रिपोर्ट पहिले नै गरिसकेको थियो ।
अल जजिराले पनि इजरायलका रक्षामन्त्री कात्जले इरानका गुप्तचरमन्त्री खातिबको हत्या गरिएको दाबी गरेको समाचार प्रकाशित गरेको छ ।
इरानका गुप्तचर मन्त्री खातिबलाई पूर्वराष्ट्रपति इब्राहिम रईसीले २०२१ मा नियुक्त गरेका थिए ।
२०२२ मा, अमेरिकी ट्रेजरी विभागले अमेरिका र यसका सहयोगीविरुद्ध साइबर गतिविधिहरूमा संलग्न भएको आरोपमा खातिबलाई प्रतिबन्ध लगाएको थियो ।


प्रतिक्रिया