काठमाडौं । कतारले आफ्नो देशमा रहेका इरानी दूतावासका सैन्य तथा सुरक्षा मामिला हेर्ने अधिकारी र उनीहरूका कर्मचारीहरूलाई ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ ।
इरानले बारम्बार गर्दै आएको आक्रमणको प्रतिक्रिया स्वरूप यो कठोर निर्णय लिइएको र उनीहरूलाई २४ घण्टाभित्र कतार छोड्न आदेश दिइएको कतारको विदेश मन्त्रालयले जनाएको छ ।
कतारको विदेश मन्त्रालयलका अनुसार इरानद्वारा भएका बारम्बारका आक्रमणहरूका कारण इरानी दूतावासमा कार्यरत सैन्य र सुरक्षा मामिला हेर्ने अधिकारी तथा उनीहरू मातहतका सम्पूर्ण कर्मचारीलाई ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरिएको हो ।


प्रतिक्रिया