तेहरान । इरानको संसद् मजलिसले स्ट्रेट अफ हर्मुज भएर आवत–जावत गर्ने जहाजहरूबाट शुल्क उठाउने सम्बन्धी विधेयक तयार पारिरहेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार संसद्को निर्माण समितिका प्रमुखले उक्त प्रस्तावको मस्यौदा तयार भइसकेको तर अझै पूर्ण विधेयकका रूपमा अगाडि नबढेको बताएका छन् । उनका अनुसार यसको उद्देश्य मार्ग प्रयोग गर्ने जहाजहरूको सुरक्षा सुनिश्चित गर्नु हो ।
सम्भावित शुल्क कति हुने भन्नेबारे भने अझै स्पष्ट पारिएको छैन । यसैबिच, इरानका विदेश मन्त्री अब्बास अराघचीले सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा चीन, रुस, पाकिस्तान, इराक र भारत जस्ता देशका जहाजहरूलाई आवत–जावतको अनुमति दिइएको बताएका छन् ।
उनका अनुसार इरानको दृष्टिमा स्ट्रेट अफ हर्मुज ‘पूर्ण रूपमा बन्द छैन, तर यो शत्रुहरूका लागि बन्द छ ।’


प्रतिक्रिया