गोकर्णेश्वरमा सिलिण्डर पड्किदा एक जनाको मृत्यु

गोकर्णेश्वरमा सिलिण्डर पड्किदा एक जनाको मृत्यु


ग्लोब नेपाल
0
Shares

काठमाडौंको गोकर्णेश्वरमा ग्यासको सिलिण्डर पड्किदा एक जनाको मृत्यु भएको छ । माकलबारीस्थित सानोपुल क्षेत्रमा गाडीमा राखिएको सिलिण्डर पड्किदा एक पैदलयात्रीको मृत्यु भएको हो । मृतकको पहिचान हुन बाँकी छ ।

उक्त गाडी काभ्रेको पनौतीबाट सिलिण्डर बोकेर त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलिप घिमिरेले जानकारी दिए । उनका अनुसार सिलिण्डर पड्किदा छेवैमा हिँडिरहेका पैदलयात्रु गम्भीर घाइते भएको र उपचारको लागि अस्पताल लैजादै गर्दा प्राण गएको हो ।