बालिका करणी अभियोगमा एकजना पक्राउ

बालिका करणी अभियोगमा एकजना पक्राउ


ग्लोब नेपाल
0
Shares

पाल्पा ।  जबर्जस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-४ खोप्टारवाट एकजना पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेमा नवलपरासी पूर्व बौदीकाली गाउँपालिका-३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगर रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

आकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करणीका फरार अपराधी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बेदकोट नगरपालिका-४ बगुन बस्ने ३९ वर्षीय देवराज भट्टलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला अदालत कञ्चनपुरको २०७१ मंसिर २४ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १० महिना ५ दिन कैद सजाय ठहर भएको थियो। फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ