मिडिया हाउसहरू अगाडि बेवारिसे गाडी, छानबिनमा जुट्यो प्रहरी

मिडिया हाउसहरू अगाडि बेवारिसे गाडी, छानबिनमा जुट्यो प्रहरी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । मिडिया हाउस अगाडि लामो समयदेखि बेवारिसे अवस्थामा पार्किङ गरिएको शंकास्पद गाडी फेला परेपछि प्रहरीले घटनाबारे छानबिन सुरु गरेको छ।

अनलाइन खबर, हिमालयन टीभी र कान्तिपुरको कार्यालय अगाडि गेटमा अवरोध हुने गरी निजी नम्बर प्लेटको कार राखिएको देखेपछि स्थानीयवासी तथा सञ्चारकर्मीले प्रहरीलाई खबर गरेका थिए । सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले गाडीको विवरण संकलन गर्दै त्यसको मालिकको पहिचान गर्ने प्रयास गरिरहेको जनाइएको छ। गाडीमा कुनै आपत्तिजनक वस्तु रहेको वा नरहेको विषयमा समेत सुरक्षा निकायले आवश्यक जाँच अघि बढाएको छ।

घटनापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने गाडी कसले र किन त्यहाँ छाडेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट कुनै अप्रिय घटना नभएको देखिए पनि सबै पक्षबाट सावधानीपूर्वक छानबिन भइरहेको बताइएको छ।