रूपन्देही । बाँकेको कोहलपुर नगरपालिका-३, शान्ति टोलमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र फसेका तीन मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार कोहलपुर नगरपालिका–३, शान्तिटोलस्थित दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेप्टिक ट्यांकीमा फसेर बुधबार बिहान तीन जनाको मृत्यु भएको हो।
जेसीबीको सहायताले सेफ्टी ट्यांकी फुटाएर तीनै जनालाई बाहिर निकालिएको भए पनि उनीहरूलाई मृत अवस्थामा फेला पारिएको हो। मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ४०–४२ वर्षीय कालु थारु, २६–२७ वर्षीय प्रकाश थारु र ३३–३४ वर्षीय बिर्जा थारु रहेका छन्।
घटनाको कारणबारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया