काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चार हजार ३३७ जनामा गरिएको नमुना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार ६२५ रहेको छ। यस्तै थप १८ हजार ६७० जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
प्रतिक्रिया