बागमती प्रदेशको सभामुखमा भुवन पाठकले उम्मेदवारी दिने

बागमती प्रदेशको सभामुखमा भुवन पाठकले उम्मेदवारी दिने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । बागमती प्रदेशसभाको सभामुख पदमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिने भएका छन् । सत्तारुढ गठबन्धनबाट उनले सभामुख पदमा उम्मेदवारी दिने भएका हुन् । 

बागमती प्रदेशमा शक्ति बाँडफाँट गर्दा राप्रपाको भागमा सभामुख परेकाले पाठकले उम्मेदवारी दिने भएका हुन् । राप्रपाले पनि सभामुखमा पाठकको नाम टुंगो लगाएको हो । 

बागमती प्रदेशसभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदै छ ।