काठमाडौं । पेनाल्टी रोक्नेक्रममा मैदानमै ढलेका बेल्जियमका गोलकिपर अर्ने इस्पिलको निधन भएको छ । इस्पिल बेल्जियमको प्रान्तीय क्लब विन्कल स्पोर्ट्स बी बाट व्यावसायिक फुटबल खेल्दै आएका थिए ।
बेल्जियमका सञ्चारमाध्यमहरूका अनुसार वेस्ट्रोजेवेकविरुद्धको खेलमा विन्कल स्पोर्ट्सले २–१ को अग्रता बनाइरहँदा रेफ्रीले दोस्रो हाफमा विपक्षी टिमलाई पेनाल्टी दिएका थिए । तर, इस्पिलले वेस्ट्रोजेवेकका खेलाडीको पेनाल्टी प्रहार बचाएका थिए । पेनाल्टी बचाएको खुसीयाली मनाइरहँदा इस्पिल मैदानमै ढलेका थिए ।
मैदानमै अचेत भएका इस्पिलको सहायताका लागि स्वास्थ्यकर्मी र मैदानमा रहेका अन्य आपतकालीन स्वंयमसेवक पुगे पनि त्यसको केही समयपछि नै उनको मृत्यु भएको बेल्जियमका सञ्चारमाध्यमहरूले खुलाएका छन् ।
रोयटर्सका अनुसार इस्पिलको पोस्टमार्टम भइसके पनि हालसम्म यसको रिर्पोट भने सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया