नयाँ दिल्ली । आम आदमी पार्टीकी उम्मेदवार डा. शेली ओबेरोय दिल्लीको नयाँ मेयरमा निर्वाचित भएकी छन् ।
यस चुनावमा शेली ओबरायले १५० मत प्राप्त गरिन् भने भारतिय जनता पार्टीका उम्मेदवार रेखा गुप्ता ११६ मतमा सिमित भइन् ।
मेयर बनेपछि डा. शैली ओबेरोयले यो सदनलाई संवैधानिक ढंगले चलाउने विश्वास दिलाउने बताइन् । ‘सदनको गरिमा कायम राख्दै सदनलाई सुचारु रूपमा सञ्चालन गर्न सबैले सहयोग गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’ उनले भनिन् ।
रायको जीतसँगै दिल्ली नगर निगमबाट १५ वर्षपछि भारतीय जनता पार्टी बाहिरिएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि शेली ओबेरोयलाई चुनाव जितेकोमा बधाई दिएका छन् । अरविन्द केजरीवालले ट्विट गर्दै ‘आज दिल्लीको नगर निगममा दिल्लीका जनताको जित भयो, गुंडागर्दी पराजित भयो ।’ उनले ओबराय मेयरमा निर्वाचित भएकोमा दिल्लीका जनतालाई बधाई समेत दिएका छन ।
प्रतिक्रिया