म त्यही भ्रुण हुँ

म त्यही भ्रुण हुँ

कविता



कुनै गल्ती बिना
संसारबाट विलीन भएको
म त्यही भ्रुण हुँ
जो उज्यालो देख्न चाहान्थेँ
जो स्नेहको आँचलमा लडिबुडी गर्न चाहान्थेँ
बाबाको काँधमा चढी संसार हेर्न चाहान्थेँ

तर अपशोष, मेरी आमालाई म बोझ बनेँ
मेरा बाबालाई म भविष्य तगारो बनेँ
र केही दवाईको साहाराले मेरो अपुर्ण शरिर
आमाले तुहाइ दिनु भयो आफ्नो योनीबाट ।

हो म त्यही भ्रुण हुँ
जस्लाई संसार हेर्ने अधिकार छैन
जो समयको गल्ती मात्र थिएँ

तर बाबा म तिम्रो सन्तान पनि थिएँ
किन सम्झाएनौँ आमालाई
अनि आमा म तिम्रो डिम्ब मात्र पनि त थिइन
किन सोचेनौ; तिमीले मेरो जीवनको मोल
कसरी तोक्यौ ७०० रूपैयाँमा मेरो मृत्युु
बाबा, तिम्रो भविष्य अघि त प्राण पनि सस्तो भयो है

तिम्रो सम्झनामा म रहुँला न रहुँला
त्यो फरक कुरा हो
तर याद रहोस् आमा
तिमी मेरो दोषी हौ
र म तिमीलाई कहिले माफ गर्ने छैन
उहीँ तिम्रो गर्भबाट स्खलित भएको भ्रुण ।।