कोसी प्रदेश साझा नाम हो : ओली

कोसी प्रदेश साझा नाम हो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशको नाम सबैको साझा भएको बताएका छन् । बिहीबार इलाममा आयोजित कार्यक्रममा उनले कोसी नाम ठिक भएको दाबी गरेका हुन् ।

“कोसी प्रदेश बिलकुल ठिक थियो । यो साझा नाम हो । सबैका लागि छ,” ओलीले भने, “यसमा एउटा अर्को भन्ने कुरै छैन ।”

उनले आफू प्रदेश सभाको सांसद पनि नभएकाले कार्यक्रममा जाँदा कसलाई टाउको दुख्यो ? भन्दै प्रश्न पनि गरे ।

उनले नामकारणलाई इगोको विषय बनाउन नहुने बताए । कोसीको वरिपरि रहने भएकाले कोसी भन्दा उचित रहेको ओलीको भनाइ छ ।