निवास कपन पैयाँटारको बिछौनामा पल्टिएर ‘अलग कुरा’ को अर्को नयाँ अंकको लेखनमा दिमाखलाई केही संवेदनशील बनाउने कोसिस गर्दैछु । झम झम पानी परिरहेको छ, बिरामी पिताजी मनराम केसी (केसीबा) भने निवासकै अर्को कोठामा मस्त निदाउनु भएको मैले पाएँ । श्रावन महिना भएको कारण झम झम बर्षाको यो समयलाई बिछौनामा पल्टिएर नै लेखन अघि बढाउने जमर्कोमा गरें ।
अलग कुराको बिषय बस्तु खासै अनौठो नभई मेरो श्रावन ४ गते मेरो जीवन काल खण्डको समय स्थान र मैले भेटेका पात्रहरु अनि उनीहरुले मप्रति दर्साएको मनको भावना, कुराकानी र घुम घामको समयको चक्रबारेमा एक पटक अक्षरको सहयोगले केही समयको बाटोका रेखाहरु कोरॆर जीवनको तरेलीमा भोगिने जीवन लीलालाई जस्ताको तस्तै राख्ने जमर्को मा जुटेको छु ।
कुरा बिहानको जागरणबाट नै सुरु गरे । बिहान ४ः३० बजे बिछौनालाई बिदाई गर्दै केहीबेर ध्यान गरे । आफुले पुनरताजकी गर्नुपर्ने तेक्वान्दो खेलका पुम्सॆ (काता) ईन्टर नेटको सहयोगले हेर्दै सिक्दै गरे । धेरै बर्ष तेक्वान्दो खेल जीवनबाट टाढा रहेको कारण बिस्मरण भैसकेको पुम्सेलाई बिहानको ध्यान पश्चात सम्झने कोसिस भयो । बिहान केसीबाका लागि पानी तयार गरेर सिधा ईनारबाट मोटर पम्पको मद्दतले तानेको पानीले नुहाई धुवाई गर्नु मेरो दैनिकी बनेको छ ।
वेड सोरको घाउले दुख दिएको करिब ३ बर्ष बितेको छ । सो समयदेखि केसीबा आफै उठ्न नसक्ने हुनुभएको कारण उहाँलाई सफा सुघ्घोर राख्ने अभिप्रायले मैले दैनिक नुहाउने गरेको हुँ । केसीबालाई स्नानपश्चात हतार हतार म बिहानको ६ बजे निवाशबाट तेक्वान्दो सेल्फ ट्रेनिंगको निमित दशरथ रंगशाला पुगेको थिए ।
दैनिक ५ चक्कर लगाउने तथा ५ चक्कर पश्चात म मेरो तेक्वान्दो ट्रेनिङ सुरु गर्दछु । मैले गर्ने तेक्वान्दो ट्रेनिङको म आज २२ दिन भयो । दैनिक भिडियो र फोटोहरु खिच्ने साथै सामाजिक संजालमा अपलोड गर्ने गर्दछु । मेरो एक बोनसाई ट्राभेलर ध्यान निराकार नामक एक युटूब समेत रहेको हुदा म दैनिक मेरो तेक्वान्दो सेल्फ अभ्यास को भिडियो यो युटूब च्यानलमा अपलोड गर्ने गर्दछु ।
आधात्मिक जीवन भोगेको कारण नासवान यो जीवनको समयलाई इन्टरनेटको सहयोगले केही थप समय जीवित राख्ने भुत सवार भएको हो । आजको ट्रेनिङपश्चात मेरो गन्तब्य बंगलामुखी मन्दिर पाटन भएको थियो । म ट्रेनिङ सकेर म रंगशालाबाट बाहिर निस्कदै थिए । मेरो तेक्वान्दो सेल्फ अभ्यासकै क्रममा गत १५–१६ दिन अगाडी मात्र चिनजान भएका दिपक श्रेष्ठ (कराँते प्रशिक्षक) गुरुले मलाई बंगलामुखी पाटन बिहीबार भएको कारण जान लागेको हुदाँ जान निमन्त्रण गर्नुभयो । मैले आफूसँग साईकल भएको हुँदा नजाने र निवाश कपन पैयाँटार नै फर्कने बताए । उहाँसँग एक दुई भेटमा नै नजिक भएको थिए । सोही कारण उहाँले जान कर गर्नुभयो ।
मैले निम्तो स्वीकार्नु पर्ने भयो अनि हिडेरै जाने, फर्कदा गाडीमा आउने उहाँले जानकारी गराउनु भएको थियो । भर्खर बिहानको ८ मात्र बजेको कारण मैले हुन्छ भने । म उहाँसँग केही अगाडी बढ्दै थिए । उहाँले मलाई दशरथ रंगशालाको पार्किङ गेट क्रस नगर्दै एक नर्मल नेपालीभन्दा अग्ला शरीरधारी ठूलठूला पिडुला भएका राजेश मानन्धर पूर्व राष्ट्रिय फुबल खेलाडीसँग परिचय गराउनु भयो । मैले आफू अनुयाज गौतम, ध्रुव गुरुङ, चन्द्रकुमार तामाङलगायतका तेक्वान्दो गुरुहरुको चेला रहेको र हाल ५ डान कालो पेटी कोरियन कुक्किवोन प्रमाणपत्र लिने लक्ष्य बोकेको बताए । त्यसैका लागि विगत २२ दिनदेखि तेक्वान्दो अभ्यास गर्दै गरिरहेको जानकारी बाटोबीच गरें ।
हामी त्रिपुरेश्वर दशरथ रंगशालाबाट अगाडी बढ्छौ । बाटामा पारिवारिक तीता मीठा कुरा अनि खेलजीवनको कालखण्डको जानकारी दिपक गुरुले मलाई गराउनु भयो । दीपक गुरुले कराँतेका साफ बिजेता खेलाडीलाई समेत कोच गरेको बताउनु भयो । हामी हिड्दै दशरथ रंगशालाबाट कुपन्डोल दोबाटोस्थित नबिल बैंक हुदै गफगाफ बीच पाटनकै भीमसेन मन्दिर साथै बंगलामुखी मन्दिर पुग्दछौ ।
बाटोमा दिपक गुरुले मलाई जेरी हलुवा एबम स्वारी किनेर बोकाउनु हुन्छ । अग्रज गुरुको कुरा मैले स्वीकार गरे । तर म प्रत्येक कुरालाई मनको बिज्ञानसँग जोड्ने हुँदा मनो बैज्ञानिक रुपमा बंगलामुखी मन्दिरको दर्शन पिठुमा जेरी हलुवा स्वारी । म केही आफ्नो मन अनि दिमाखमा तर्क बितर्क गर्दै उक्त खानेकुरालाई बोकेर हिड्दै थिएँ । हामी मन्दिर प्रवेश गर्यौ । मन्दिरमा कतिपय स्थानमा फोटो खिच्न निषेध गरिएको बोर्ड लगाइएको थियो । म केही सतर्कता अपनाउदै फोटो खिच्न पछि पर्दिन् । जहाँ अन्य भक्तालु एबम फोटो खिच्न निषेध नगरिएका स्थानमा बंगलामुखी परिसरमा रहेको हारती मातालाई दिपक गुरुले निक्कै भक्तिभावले दर्शन गर्नुभयो । किनकि उहाँले आफ्नो छातीमा हारती माताको सुन्दर टाटु साथै अक्षरमा हारती माताको शरण लेख्नु भएको कुरा मैले रंगशालामा मेरो तेक्वान्दो सेल्फ ट्रेनिङकै दौरान देखेको थिएँ ।
आजको पाटनस्थित बंगलामुखिको दर्शनपश्चात हामी चिया साथै मेरो पिठिउमा दिपक गुरुले बोकाएको नासो मैले अब बुझाउने समय उक्त चियाँ पसलमा आयो । उता पूर्वराष्ट्रिय खेलाडी राजेश मानन्धर (दानव) दाईले मलाई मेरो परिवारका बारेमा सोधेर मलाई आजित पार्नुभयो । प्रेम बिबाह असफल भएर पुनः अर्को बिबाह अब यो जीवनमा नगर्ने निस्कर्ष सुनाएपश्चात बल्ल निकनेम दानव हुनुहुने पूर्वराष्ट्रिय फुटबल खेलाडी दाजु राजेश मानन्धर निशब्द हुनु ।
यो समाजमा सम्बन्ध बिग्रिएपश्चातको बिबाहको कथा धेरै पात्रहरु लाई सुनाउँदा सुनाउँदा म अजित भइसकेको छु । तर पनि आजको बंगलामुखीको दर्शन र बिहीवार मेरो जीवनको आनन्दसँगै केही पुरानो स्मृति बीच बितेको थियो । मेरो असफल प्रेम बिबाहको पेटारो बिस्तारै अन्य अलग कुराको भागमा राख्ने नै छु । जुन कथाले अन्य जीवित मानव मनहरुमा सकारात्मक सोचको बिकाश हुने अभिलाषा राखेको छु । हो, मैले मेरो पिठुबाट अब चियाँ पसलमा जेरी हलुवा र स्वारिको पोको दीपक गुरुलाई सुम्पिन्छु ।
राजेश जोशी नामका कराँते खेलाडीकै रुपमा मलाई चिनापर्ची बंगलामुखी मन्दिरमा नै गराइएको थियो । उहाँको उपस्थिति उक्त चियाँ पसलमा हुन्छ । उहाँ पुरानो कराँते खेलाडी रहेको कुरा मलाई बताइन्छ । उहाँले आफूलाई बोनसाइबारे थाहा भएको कुरा गफगफको बिचमा हुन्छ ।
जहाँ कुराको प्रसङ्ग मिल्छ उक्त स्थानमा कुरा गर्न सहज हुन्छ । राजेश जोशीसँगको कुराकानी भने आनन्दमय लागेको थियो । जोशी राजेशले आफू यो श्रावन महिनामा केही बाहिर नखाने बताउँदै चिया र मैले बोकेर ल्याएको जेरी, स्वारी र हलुवा अब हामी ३ जना दिपक गुरु, राजेश मानन्धर र मैले बंगलामुखी पुरै प्ररिक्रमा गराएर प्रसाद स्वोरुप खाएका थियौ ।
दशरथ रंगशालामा बगेको पसिनालाई गन्जी फुकालेर उक्त चियाँ पसल बाहिर सुकाउने र अर्को पसिना नभएको गन्जी लगाउने क्रममा मैले राजेश मानन्धर (दानब) दाजु र दिपक गुरुको छातीमा खोपिएको टाटु देखें । जसमा क्रमशः लाखे र हारती माताको सुन्दर आकृतिले भने मेरो मन छोएको थियो । आखिर एक दानब उपनामबीच लाखेको टाटु आफ्नो छातीमा खोप्नु र राजेश मानन्धर पूर्वराष्ट्रिय फुटबल खेलाडी दानब उपनाममा खुशी हुनुलाई मैले सकारात्मक रुपमा लिएँ ।
२ कप फिक्का कलेजी रंगको गिलासको चियाँ, कागजको पोली ब्यागभित्र भएको चिनीलाई डुबाउदै चियाँ र झोल तरकारी खाँदै मनको केस्रा केस्रा केलाउन थाले । मनमनै अहिलेको मनोबैज्ञानिक घोचपेचजस्तो, चिनी हालेको नहालेको चियाँ, थोरै चिनी भएको कि धेरै चिनी भएको चियाँ, साथै रातो गिलासमा चियाँ फिक्का कलेजी गिलास मा चियाँ सेतो गिलासमा चियाँको आ–आफ्नै राजनैतिक अर्थ र मनोबिज्ञान रहने बुझेको छु ।
फर्कदा हामी राजेश जोशीले ड्राईभ गर्नु भएको रातो रंगको सवारी साधनले समेत मलाई केही सोच मग्न बनायो । तर दिपक गुरुसँगको चिनजान बिचको समयलॆ मनको अनेक बिज्ञानबीच दशरथ रंगशालादेखि पैदल पाटन बिहीवार र बंगलामुखी साथै २ जना नयाँ साथीसँग समय जुराइदिएको थियो । आखिर खेलको नाता अमुल्य र अपुर्व हुँदो रहेछ भन्ने निष्कर्ष निकाले ।
२०८० साउन ४ गते विहीबार
प्रतिक्रिया