अटिजम: स्क्रिनमा लत, असर र समाधान

अटिजम: स्क्रिनमा लत, असर र समाधान



काठमाडौं । बालबालिकाहरूले मोबाइल/फोनमा घण्टौं समय बिताउन थालेपछि आमाबाबुहरू अहिले चिन्तित् बन्दै गएका छन् । सुरु सुरुमा फकाउन वा उसलाई खुसी पार्न मोबाइल फोन दिने अभिभावकहरू अहिले कसरी त्यो बानीबाट बालबालिकालाई छुट्याउने भनेर लागि परेको देखिन्छ । किनकि बालबालिकाले अधिक मोबाइल फोन प्रयोग गर्दा उसको स्वास्थ्यमा हानी पु‌र्यानुका साथै अनेक रोगहरु निम्तिएका छन् ।

ती समस्याहरूमध्ये भर्चुअल अटिजम (Autism) एक हो । विभिन्न अध्ययनहरूले बालबालिकामा स्क्रिन हेर्ने लतले अटिजम निम्त्याउन सक्ने देखाएको छ । बालबालिकामा हुने यस्तो बानीलाई भर्चुअल अटिजम भनेर चिनिन्छ ।

स्क्रिनमा लत र अटिजमको सम्बन्ध
बालबालिकाहरू अहिले स्क्रिनमा अधिक समय बिताइरहेका छन् । उनीहरूलाई यसको लत लागिसकेको छ । यही कारण अटिजमसँग यसलाई जोडेर हेरिने गरिन्छ । बालबालिकाको यस्तो स्वभावले एक प्रकारको चिन्ता पनि उत्पन्न गराएको छ ।

के हो भर्चुअल अटिजम ?
मनोविद् डा. मारियस जाम्फिरले भर्चुअल अटिजमलाई पहिलो पटक प्रयोगमा ल्याएका थिए । उनका अनुसार- बच्चाले स्किनमा अत्यधिक समय बिताउँदा पर्ने नकारात्मक प्रभाव नै भर्चुअल अटिजम हो । यसले विकास भइरहेको बालबालिकाको मष्तिष्कमा असर पार्न सक्छ । जसले गर्दा बालबालिकामा बोल्न सक्ने क्षमता, पढ्न सक्ने क्षमता र सामाजिक अन्तक्रियाहरूमा कठिनाइहरू निम्तिन्छ ।

अहिलेको व्यस्त तालिकाले गर्दा आमाबाबुले बच्चाहरूसँग बिताउने समय कम हुँदै गएको छ । यसले बच्चाहरू अत्याधिक टेलिभिजन हेर्न, मोबाइल वा कम्प्युटर हेर्न गरेका छन् । तत्काल यसको असर नदेखिए पनि पछि Autism spectrum disorder (ASD) हुन सक्छ ।

बालबालिकामा असक्षमता विकास हुनु एएसडी हो, यसले बालबालिकाको सामाजिक सञ्चार र व्यवहारिक क्षमताहरूमा असर गर्छ। सरल भाषामा बुझ्दा एएसडी एक अवस्था हो, जसले बच्चाहरूलाई अरूसँग बुझ र कुरा गर्न गाह्रो बनाउँछ । कुनै पनि बालबालिकाका सुरुवाती वर्ष मस्तिष्क विकासको लागि निकै महत्त्वपूर्ण मानिन्छ । यस अवधिमा उनीहरूले अरूलाई हेरेर वरपर भएका कुराहरू देखेर खेलेर सिकिरहेका हुन्छन् । त्यस्तै यस अवस्थामा अधिकतम विकासको लागि उनीहरूसँग आमाबाबुको अन्तक्रिया हुनु महत्त्वपूर्ण हुन्छ । तर यी सबै गर्न नपाउँदा उनीहरू स्क्रिनमा समय बिताउन बाध्य हुन्छन् । यसले उनीहरूको समग्र विकासमा नै प्रभाव पार्छ ।

स्क्रिनमा समय बिताउँदको असर र समाधान
बालबालिकाले स्क्रिनमा लामो समय बिताउँदा मस्तिष्कको मेलाटोनिन र डोपामाइनको प्राकृतिक उत्पादनमा बाधा पुग्छ । त्यस्तै निद्रामा असर पुग्छ, सिक्ने तरिकामा असर पुग्छ साथै उनीहरू आफूले भनेको पूरा भएन भने वा स्क्रिनबाट छुट्याउन खोज्यो भने रिसाउने, आक्रामक हुने सम्भावना हुन्छ ।

स्क्रिनमा मात्र समय बिताउने बालबालिकाहरू भर्चुअल संसारबाट अलग हुँदा रमाइलो मान्दैनन् । उनीहरूले वास्तविक संसारभन्दा त्यही भर्चुअल संसार रमाइलो मान्छन् । यसले उनीहरूको सामाजिक अन्तक्रिया र मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ । यद्यपि कोही बालबालिका यस्तो भएका छन् भने उनीहरूलाई यो लतबाट छुटाउन सकिन्छ । भर्चुअल अटिजम भएका बालबालिकाको स्क्रिन समय सीमित गर्नाले उसको अवस्थालाई उल्टाउन वा रोक्न सकिन्छ ।

यसका लागि अभिभावक वा आमाबाबुहरूकै सबैभन्दा ठूलो भूमिका हुन्छ । आफ्नो बच्चासँग अन्तर्क्रिया गर्ने, खेल्ने, कुराकानी गर्ने घुमाउन लैजाने, कथा सुनाउने जस्ता काम गर्नुपर्छ । भर्चुअल डिसअर्डरबाट ग्रसित बालबालिकालाई यसबाट छुटाउन स्क्रिन टाइम कम गर्नु हो। यसो हुँदा बच्चाहरूको मस्तिष्कको विकास प्राकृतिक रुपमा हुन जान्छ ।