सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशको नेतृत्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरुबीच सहमती नजुटेपछि मतदान प्रक्रिया सुरु गरिएको हो । निर्वाचन तालिकालाई बन्दसत्रले पारित गरेको छ ।
तालिकाअनुसार आज ३ बजे मतदाताको नामवली प्रकाशन, ३:३० सम्म मतदाता नामवलीमाथि दावि बिरोध, ४ बजे मतदाताको अन्तिम नामवली प्रकाशन, ४:३० देखि ६:३० दरखास्त फाराम भर्ने समय तोकिएको हाे ।
यसैगरी ६:३० बजे दर्ता भएका उम्मेरदवारको नामवली प्रकाशन, ७:३० देखि ८:४५ सम्म उम्मेरदवारमाथि उजुरी गर्ने समय तोकिएको छ । यस्तै, ९:०० बजे उम्मेदवारको अन्तिम नामवली प्रकाशन तालिकामा उल्लेख छ । त्यस्तै, आज राति ९:३० देखि बिहान भोलि विहान ८:०० बजेसम्म उम्मेरदारी फिर्ता, ९:३० बजे उम्मेरदवारको अन्तिम नामवली प्रकाशन र १२:३० बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्ने तालिका रहेको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।
उनका अनुसार प्रदेश पदाधिकारीका लागि उम्मेदवारी शुल्क ५०० र प्रदेश कमिटि सदस्यका लागि ३०० तोकिएको छ । अध्यक्षका प्रमुख दावेदारमा सल्यानका गुलावजङ शाह र कालीकोटका मिनवहादुर शाही रहेका छन् ।
प्रतिक्रिया