क्यानडाको क्वान्टलेन पोलिटेक्निक युनिभर्सिटीको टोलीले गर्‍याे काठमाडौँमा अन्तरक्रिया

क्यानडाको क्वान्टलेन पोलिटेक्निक युनिभर्सिटीको टोलीले गर्‍याे काठमाडौँमा अन्तरक्रिया



काठमाडौँ । नेपाली विद्यार्थीलाई आत्मविश्वास बढाउन र क्यानडा पुगेपछि कसरी त्यहाँ कसरी संघर्ष गर्ने भन्ने लगायतका विषयमा जानकारी दिन क्वान्टलेन पोलिटेक्निक युनिभर्सिटी केपीयूको टोली नेपाल आएको छ । नयाँ बानेश्वरको गोरेटो कन्सल्टेन्सीको निमन्त्रणमा आएका केपीयूका निर्देशक आन् यूयान र म्यानेजर उत्कर्ष भारद्धाजले क्यानडाको भ्यान्कुभर र अन्य शाखा क्याम्पसहरुमा अध्ययन सुरु गरेपछि सहज बसाई र काम खोज्ने लगायतका विषयमा जानकारी गराएका छन् ।  

बिहीबार गोरेटोमा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै क्वान्टलेन पोलिटेक्निक युनिभर्सिटीकी निर्देशक आन् यूयानले क्यानडा पुगिसकेपछि त्यहाँ कसरी सुरक्षित तरिकाले बसेर, समय बचाउँदै अध्ययन गर्ने र काम गर्ने विषयमा जानकारी दिएकी थिइन् ।

निर्देशक यूयानले क्यनडामा हिँडडुल गर्दा, कामबाट फर्किदा पनि निशुल्क रुपमा बससेवा लिने सकिने विषयमा जानकारी दिइन् । उनले केपीयू  सैद्धान्तिक भन्दा पनि व्यबहारिक जीवनमा लागू हुने पद्धतिलाई अपनाएर विद्यार्थीलाई पढाउने शैक्षिक संस्था भएको बताइन् । जुन  पढाई कक्षामा मात्रै सिमित नभई पूर्ण रुपमा फिल्ड भिजिट मार्फत गराइने निर्देशक यूएनको दाबी छ ।

एक दिने जानकारीमूलक कार्यक्रममा बोल्दै क्वान्टलेन पोलिटेक्निक यूनिभर्सिटीका म्यानेजर  उत्कर्ष भारद्धाजले धेरै बिद्यार्थीको क्यानडामा आर्कषण बढेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु कसरी क्यानडा पुगेर उक्त कलेजले दिएका सुबिधाहरु प्रयोग गरेर कसरी शैक्षीक सुबिधाहरु लिन सक्छन्, बढाउन सक्छन् भन्ने विषयमा जानकारी दिएका थिए । भारद्धाजले भर्ना भएको १५ दिनमा कसरी विद्यार्थीहरुले छोटो समयमा कसरी साथी बनाउँछन् भन्दै युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाले गरेको एक अध्ययनको उदाहरण दिँदै गोरेटोमा उपस्थित विद्यार्थी तथा अभिभावकहरुको जिज्ञासालाई मेटाउने काम गरेका थिए ।  

सो कार्यक्रममा बोल्दै गोरेटेका सिइओ धिरज कँडेलले नेपाली विद्यार्थीहरु क्यानडा गइसकेपछि लाज मान्न नहुने, आदार सम्मान लगायतका बानीहरुको विकाश गर्दै आफ्नो भन्दा फरक संस्कृति, आनीबानी, राष्ट्रियता भएका व्यक्तिहरुसँग छिटो घुलमिल गर्नु पर्ने बताए । हालै क्यानडाको ओन्टारियो प्रदेशका विभिन्न सरकारी कलेज तथा विश्वबिद्यायलको भ्रमण गरेर फर्किएका सिइओ कँडेलले कतिपय नेपालीहरुले अध्ययनपश्चात राम्रो प्रगती गरेको तथा कतिपयको मध्यम अवस्था रहेको बताए । उनले क्यानडामा संर्घषरत विद्यार्थीहरुलाई मेहेनत र लगावका साथ  समय व्यवस्थापन गर्दै अघि बढ्न सुझाव दिए । उनले परिवारको सम्पर्कमा नै रहेर काम तथा अध्ययनलाई अघि बढाउनुपर्ने बताए ।

सो अवसरमा सिनियर परामर्शकर्ता तथा को-अर्डीनेटर प्रकाश रेग्मीले बिद्यार्थीले पहिलो चरणमा अध्ययनमा मात्रै फोकस भएर अघि बढ्न सुझाव दिए । रेग्मीले सुरुमा नै धेरै आर्थिक विषयमा आशा नराखी शारीरिक र मानसिक स्वास्थ्यको ध्यान दिएर अघि बढ्ने विषयमा सुझाव दिए । (केपीयू ) क्वान्टलेन पोलिटेक्निक यूनीभर्सिटी क्यानडाको ब्रिटिस कोलम्बियामा अवस्थित छ ।