अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको लागि रिपब्लीकन पार्टीबाट उम्मेदवार बन्नेहरुको लर्को लागेको छ । ह्वाइट हाउसको मनोनयनको दौड सुरु भएसँगै रिपब्लीकन पार्टीका शक्तिशाली नेताहरुले एकपछि अर्को दावेदारी पेस गरिररहेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिँदै उनकै कार्यकालका उपराष्ट्रपति माइक पेन्सले पनि उम्मेदवारी घोषणा गर्दैछन् । यसैगरी, न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टी…