न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे जर्मनी जाने रुसी ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएका छन् । वासिङ्टनमा जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको कुराकानी पछि बाइडेन अमेरिकाले नर्ड स्ट्रिम टु पाइपलाइन बन्द गर्ने चेतावनी दिएका हुन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग मस्कोमा भेटेर युद्ध टार्न सकिने आशा व्यक्त…