इरानमाथि आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्रहरूको अनुरोधमा इरानमाथिको सैन्य आक्रमण स्थगित गरेको बताएका छन्। कतार, साउदी अरेबिया र यूएईजस्ता खाडी देशका नेताहरूले वार्ताका लागि केही दिनको समय मागेकाले तत्काललाई इरानविरुद्ध आक्रमण रोकिएको दाबी उनले गरेका छन्। आज (मंगलबार) आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘गम्भीर कुराकानी भइरहेको छ र यस्तो सम्झौता हुनसक्छ,…