काठमाडौं । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइने करोडौँ डलरको बजेट कटौतीको निर्णयलाई उल्ट्याइदिएको छ । न्यायाधीश एलिसन बरोजले सरकारले करिब दुई विलियन डलरको अनुसन्धान फन्ड रोक्दा हार्वर्ड विश्वविद्यालयको वाक स्वतन्त्रताको अधिकार उल्लंघन गरेको फैसला गरेका छन् । यो फैसला हार्वर्डका लागि ठूलो कानुनी विजय भए पनि यसको विरुद्धमा पुनरावेदन हुने…