न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागको घोषणा गरेका छन् । बाइडनकै पार्टी डेमोक्र्याटिकबाटै विगत केही सातादेखि बाइडनलाई राष्ट्रपति दौडबाट पछि हट्न व्यापक दवाब आएपछि बाइडनले उम्मेद्वारी त्यागको घोषणा गरेका हुन । बाइडनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिका रुपमा समर्थन समेत गरेका छन्…