एनआरएनए महासचिवमा डा. पौडेलको उम्मेदवारी

काठमाडाै‌ । नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले आ–आफ्नो पदको घोषणा गरी चुनाव प्रचारप्रसार व्यापक बनाउँदै गएका हुन् । यसै सन्दर्भमा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेलले आशन्न…