नेपाली जनसम्पर्क समिति,अमेरिकाको पूर्व घोषित डिसेम्वर २७ तारिख हुने भनिएको अधिवेशन स्थगित भएको छ। बुधवार सम्पन्न केन्द्रीय समितिका पदाधिकारीहरुको बैठकले समय अवधि कम भएकोले पहिले तोकिएको मितिमा अधिवेशन गर्न व्यवहारिक र प्राविधिक कारण अधिवेशन गर्न नसकिने निर्णय गरेको थियो। सोही बैठकपछि महासचिव मुनिन्द्र नेम्वांगले विज्ञप्ति जारी गर्दै डिसेम्वर २७ तारिख अधिवेशन हुन नसक्ने जानकारी गराएका…