अमेरिकी जलवायु दूत केरी पदबाट राजीनामा दिने तयारीमा

वासिङ्टन । बाइडेन प्रशासनअन्तर्गत अमेरिकी जलवायु कूटनीतिको नेतृत्व सम्हालेका अमेरिकी जलवायु दूत जोन केरीले आगामी वसन्त ऋतुमा आफ्नो पदबाट राजीनामा दिने तयारी गरेको केरीनिकट स्रोतलाई उद्धृत गर्दै सीएनएनले शनिबार जनाएको छ । पूर्व विदेशमन्त्री तथा राष्ट्रपतिका लागि डेमोक्रयाटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका ८० वर्षीय केरीले तीन वटा अन्तर्राष्ट्रिय जलवायु शिखर सम्मेलनमा अमेरिकी वार्ताको नेतृत्व गरेका…