काठमाडौं । अमेरिकाको विभिन्न भागमा आएको शक्तिशाली हिमआँधी र हिमपहिरोका कारण जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । शनिबारदेखि सुरु भएको यो प्राकृतिक प्रकोपले हजारौँ उडान रद्द हुनुका साथै यातायात र विद्युत् आपूर्तिमा समेत ठुलो अवरोध पुर्याएको छ । स्थितिको गाम्भीर्यलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ वटा राज्यमा आपतकाल घोषणा गरेका छन् ।…