काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतसँग ७–० को पराजय भोगेको छ। भुटानको चिङलिमिथाङ रंगशालामा बुधबार भएको खेलमा भारतकी अभिष्टा बस्नेत, निरा चानु लोङ्गजाम, अनुष्का कुमारी र जुलान नोङ्गमैथेमले गोल गर्दै टोलीलाई विजयी बनाइन्। खेलको पहिलो हाफमा भारतले ५–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुई गोल थप्दै विजयी रह्यो। भारतले…