प्रधानमन्त्री ओलीविरुद्ध अपशब्द बोल्ने कार्की जापानमा पक्राउ, नेपाल ल्याउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका युटुबर रतन कार्कीलाई जापान प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल ल्याउने तयारी गरेको छ । प्रहरीको साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले कार्कीको अभिव्यक्तिबारे अनुसन्धान गरिरहेको छ । इन्टरपोलमार्फत उनलाई नेपाल ल्याउने तयारी भइरहेको छ । प्रहरीले उनलाई साइबर अपराधमा कारबाही गर्ने तयारी गरेको…