काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अर्की एक नेपाली छात्रा मृत भेटिएकी छन् । बिहीबार नेपाली विद्यार्थी कलेजको होस्टेलमा मृत फेला परेकी हुन् । केआइआइटीमा कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा प्रिशा साह मृत अवस्थामा फेला परेकी हुन् । घटनाको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ ।…