लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले संघले नाफाभन्दा पनि विगतमा भएका घाटालाई अहिले पूर्ति गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६३ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै कोषाध्यक्ष श्रेष्ठले विगतदेखि आजसम्म भएको घाटामध्ये ११ करोड रुपैयाँको पूर्तिमा संघ लागिरहेको बताए…