लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी, अधिकारकर्मी घइस गिलानी, एनआरएनए टर्कीका अध्यक्ष उज्वल घिसिङलगायतले आ-आफ्ना भनाइ राखेका…