अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउबीच भेटवार्ता

गुजरात । अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री  लिउ कुन बीच भेटवार्ता भएको छ ।  भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री  लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले व्यक्त गरेका छन् । …