अप्ठ्यारो अवस्थामा नेतृत्व नछोड्ने ओलीको अडान

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा तत्काल नेतृत्व नछाड्ने स्पष्ट पारेका छन्। उनले उपयुक्त समय आएपछि मात्र विधि र प्रक्रियाअनुसार नेतृत्वबाट विश्राम लिने बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफूलाई नेतृत्वमा चयन गर्दा नै संकटपूर्ण अवस्थामा पनि पार्टीको जिम्मेवारी सम्हाल्ने उद्देश्य रहेको बताएका थिए।…