माओवादी स्थायी कमिटी: आज पनि नेताहरूले धारणा राख्ने

काठमाडौँ । आज आइतबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले…