काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्तारूढ दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री प्रचण्डले सत्ताघटक दलका शीर्ष नेताहरूसँग सामूहिक छलफल गरेका हुन् । पछिल्लाे राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्रीले सत्ताघटक दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री…