काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ । आइतबार बिहानका लागि बोलाइएको बैठकमा एनजीओले खाजा उपलब्ध गराएपछि गृहमन्त्री रबि लामिछाने बैठक शुरु नहुदै बाहिरिएका थिए । बिहान ८ बजेका लागि बोलाइएको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त…