काठमाडौं । स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश आइपुग्नुहुदै हुनुहुन्छ । स्वदेश फर्कने क्रममा मंगलबार साँझ राष्ट्रपति पौडेल वर्लिनबाट कतारको दोहाका लागि प्रस्थान गरेका छन् । स्वदेशका लागि प्रस्थान गर्नुअघि राष्ट्रपति पौडेलले जर्मनीको पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । मंगलबार नै उनले वर्लिनस्थित नेपाली राजदूतावासको पनि निरिक्षण गरे ।…