लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूसँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण

काठमाडौँ । निर्वाचन आयोगले निरन्तर तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने राजनीतिक दलहरूसँग स्पष्टीकरण मागेको छ । आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेस नगर्ने राजनीतिक दलहरूसँग आयोगले स्पष्टीकरण मागेको हो । आयोगले आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकसँग स्पष्टीकरण…