भूपू ब्रिटिस गोर्खाको मागबारे बेलायतसँग वार्ता गर्न राजदूत आचार्यको नेतृत्वमा बन्याे समिति

काठमाडौं । नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको मागबारे बेलायतसँग वार्ता गर्न समिति बनाएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा टोली बनाएको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भन्छन् – ‘भूतपूर्व सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका मागको बारेमा संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्न संयुक्त अधिराज्यका राजदूतको प्रतिनिधित्वमा…