ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री गच्छदार र पूर्वमन्त्री श्रेष्ठले पाए सफाइ

काठमाडौं । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बर श्रेष्ठलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बिहीबार फैसला गर्दै विषेश अदालतले सफाइ दिएको हो । प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद…