काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति १२ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ । आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै छ । त्यसका निम्ति दर्ता गरिएका दलहरूलाई चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । “दर्ता भएका दलहरूका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको…