अधिकार नदिए सिंहदरबारमा धर्ना दिन्छु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिंदै उनले संविधानले दिएको अधिकार नपाए चाँडै सिंहदरबारमा धर्ना बस्ने बताएका हुन् । मुख्यमन्त्री कार्कीले संघीय सरकारले अधिकार दिन नचाहेको बताए । ‘हामीले हाम्रो अधिकार ल्याउनका लागि…