काठमाडौं । संविधानसभाका अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमा राखिने भएको छ । आज बसेको सचिवालय बैठकबाट भोलि दिउँसोसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर एमाले मुख्यालयमा राख्ने निर्णय गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै, अबका तीन दिनसम्म सबै कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने र आउँदो…