अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिइ । उनले भने, 'आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ ।' उपाध्यक्ष पौडेलले…