काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ । प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकसहितको बैठक सुरु भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा विद्यालय शिक्षा ऐन संशोधनका विषयमा प्रधानमन्त्रीले कुरा राख्ने उनले बताए । त्यस्तै इजरायलमा भएको आक्रमणमा परका नेपालीहरूको अवस्थाबारे बैठकमा जानकारी गराउने बताइएकाे छ ।…